spot_img
spot_img
spot_img

अफगानिस्तानको मस्जिदमा भएको विस्फोटमा ११ जनाको मृत्यु, ५० बढी घाइते

spot_img

एजेन्सी ।

अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानस्थित एउटा मस्जिदमा बिहीबार भएको विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन। गत मंगलबार विहान आत्मघाती विष्फोटमा मारिएका बदख्सान प्रान्तका डेपुटी गभर्नर निसार अहमद अहमदीको अन्तिम संस्कारका लागि प्रार्थना चलिहरको बेला विष्फोट भएको थियो । प्रान्तीय राजधानी फैजाबादमा भएको उक्त विस्फोटमा सो प्रान्तका पूर्व प्रहरी प्रमुख समेत मारिएका छन्। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन। तर, अफगानिस्तानमा सक्रिय आइएस समूहले विष्फोट गराएको आशंका तालिवान सरकारले गरेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img