मकवानपुर ।
मकवानपुरको हेटौँडामा एक वृद्ध दम्पती मृत अवस्थामा फेला परेका छन्। हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुवैजना गएराति तीनतले घरको पूजा गर्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??