spot_img
spot_img
spot_img

कानुङ साकोसद्वारा सदस्यहरुलाई उद्घोषण तालिम

spot_img

बुटवल।

कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड् बुटवलले आफ्ना शेयर सदस्यहरुलाई उद्घोषण तथा नेतृत्व विकास तालिम प्रदान गरेको छ । कानुङ बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरेको तीन दिने तालिमको एक कार्यक्रमका बीच शनिबार समापन गरिएको छ । बुटवलमा जेठ २५, २६ र २७ गते सञ्चालन गरिएको तालिममा २० जना शेयर सदस्यहरुलाई सहभागी गराईएको थियो । कानुङ साकोस शिक्षा समितिका संयोजक ठमी थापाको अध्यक्षतामा सम्पन्न तालिम समापन समारोहमा सहकारीका उपाध्यक्ष ईन्द्रा वलाल, कोषाध्यक्ष युवराज काउचा, प्रशिक्षक सनु थापा, प्रशिक्षार्थीहरु कुमारी वलाल, विजया पुन मगर, रोशन बुढामगर, आस्वीन आलेमगर, लोक बहादुर थापा लगायतले बोल्नु भएको थियो । कार्यक्रमका वक्ताहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । बुटवल, तिलोत्तमा र शुद्धोधन गाउँपालिकामा कार्य क्षेत्र रहेको कानुङ साकोसले शेयर सदस्यका भावना र आवश्यक्तालाई केन्द्रविन्दुमा राखेर सहकारीको गतिविधिलाई अगाडि बढाइरहेको कानुङ साकोसका व्यवस्थापक कुसुम पुनले बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img