देवदह ।
सोइया महिला स्वावलम्वी संस्थाले ‘प्रहरी मेरो साथी’ कार्यक्रम सम्पन्न भएको छ। जसले आफ्नो डरको सामना गर्न जान्दछ, उ नै साहसी कहलाउदछ भन्ने मुल नारा साथा संस्थाले २ दिन बिद्यालय तहका बालबालिकालाई लक्षित गरेर अपराध न्युनिकरण सम्बन्धी सचेनामुलक शिक्षा प्रदान गरेको हो।
पहिलो दिन संस्थाले गठन गरेको किशोर किशोरी समुहलाई र दोश्रो दिन विद्यालयका बाल क्लबका विद्यार्थीहरुलाई सचेतना कार्यक्रम प्रदान गरिएको हो। कार्यक्रममा बालअधिकार,बालबालिकामाथी हुने हिंसा,हिंसाको पहिचान र हिंसाबाट बच्ने उपाय, अपराध र आधारभूत सुरक्षा, प्रहरीलाई खबर गर्ने अवस्था र १०० नम्बरको प्रयोग सम्बन्धि प्रहरी नायाब निरीक्षक कुल बहादुर घर्ती मगरले प्रशिक्षण दिनुभएको थियो। त्यस्तै ट्राफिक प्रहरी शोभा पाण्डेले ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
बालबालिकामा प्रहरीप्रति रहेको नकारात्मक धारणालाई हटाउँने उद्देश्य साथ प्रहरी मेरो साथि कार्यक्रम आयोजना गरिएको गल्स फस्ट फण्ड परियोजना सामाजिक परिचालक एलिना हमालले बताउनुभयो।
देवदह नगर बाल संजालको अध्यक्ष नन्दनी अग्रहरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बाल संगठनका जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराई, सरस्वती मा.विको शिक्षक भरत खनाल, सोइया महिला स्वावलम्वी संस्थाको व्यवस्थापक मेनुका न्यौपाने, परियोजना संयोजक रोजी गुरुङ, संस्थाको कार्यसमिति सदस्य तथा कर्मचारी लगाएतको उपस्थिति रहेको थियो।




