spot_img
spot_img
spot_img

श्रीलङ्कामा डेङ्गीका बिरामीमध्ये झन्डै २५ प्रतिशत विद्यालय जाने बालबालिका

spot_img

एजेन्सी ।

श्रीलङ्कामा डेङ्गीका बिरामीमध्ये झन्डै २५ प्रतिशत व्यक्ति विद्यालय जाने बालबालिका रहेका स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीले आइतवार बताएका छन् । राष्ट्रिय डेङ्गी नियन्त्रण एकाइका निर्देशक नलिन अरियारत्नेका अनुसार श्रीलङ्कामा यस वर्ष अहिलेसम्म ४२ हजारभन्दा बढी डेङ्गीका बिरामी भेटिएका छन् । श्रीलङ्काका विद्यालयहरू नयाँ शैक्षिक सत्रका लागि खुल्नुभन्दा एक दिनअघि पत्रकारलाई सम्बोधन गर्दै निर्देशक अरियारत्नेले विद्यालय तहमा डेङ्गीको फैलावटलाई कम गर्नुपर्नेमा जोड दिनुभयो । श्रीलङ्काको सबैभन्दा बढी जनसङ्ख्या भएको पश्चिमी प्रान्तमा झन्डै ५० प्रतिशत डेङ्गीका बिरामी फेला परेका र सन् २०२३ मा डेङ्गीको प्रकोप फैलिने चिन्ता म हामारी विशेषज्ञले व्यक्त गरेका छन् ।श्रीलङ्कामा सन् २०२२ मा ७६ हजारभन्दा बढी डेङ्गीका बिरामी फेला परेका सरकारी तथ्याङ्कले देखाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img