एजेन्सी ।
सन् २०२२र२३ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको पहिलो १० महिनामा बङ्गलादेशको व्यापार घाटा ४३ दशमलव २१ प्रतिशतले घटेर १५ अर्ब ७३ करोड अमेरिकी डलरमा झरेको त्यहाँको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ । बङ्गलादेश बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जुलाई–अप्रिल अवधिमा बङ्गलादेशको आयात भुक्तानी १४ दशमलव ४० प्रतिशतले वृद्धि भई ५८ अर्ब ७८ करोड अमेरिकी डलर पुगेको छ भने निर्यातबाट हुने आम्दानी ५ दशमलव ०६ प्रतिशतले वृद्धि भई ४३ दशमलव ०५ अर्ब डलर पुगेको छ । गएको आर्थिक वर्षको जुलाई–अप्रिल अवधिमा बङ्गलादेशको निर्यात आय र आयात भुक्तानीबीचको अन्तर २७ अर्ब ७० करोड अमेरिकी डलर रहेको तथ्याङ्कले देखाएको छ ।
केन्द्रीय बैंकका एक अधिकारीका अनुसार रेमिट्यान्सले बङ्गलादेशलाई व्यापार घाटाको असर कम गर्न मद्दत गरेको छ। आर्थिक वर्ष २०७५र७६ को पहिलो १० महिनामा बङ्गलादेशले १७ अर्ब ७२ करोड डलर रेमिट्यान्स भित्र्याएको थियो। मे महिनामा ३० अर्ब डलरभन्दा तल झरेको देशको घट्दो विदेशी मुद्रा सञ्चितिलाई बढावा दिन बैंकले पछिल्ला महिनाहरूमा आयातलाई निरुत्साहित गर्न विभिन्न उपायहरू अपनाएको छ । निर्यातलाई बढावा दिनका लागि बैंकले गएको वर्ष सेप्टेम्बरमा देशका वाणिज्य बैंकहरूलाई चिनियाँ मुद्रा युआनमा खाताहरू खोल्न मार्ग प्रशस्त गरेको थियो। यसको अर्थ चिनियाँ मुद्रामा आधारित सीमापार व्यापारलाई सुविधाजनक बनाउनु रहेको बताइएको छ ।