एजेन्सी ।
दाङको तुलसीपुरमा जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने दुर्घटनामा परी ९ जना घाइते भएका छन् । शुक्रबार बिहान तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बरको जिप राप्ती लोक मार्गको सिरखोलामा दुर्घटना भएको र मृत्यु हुने चालकको नाम भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । यस्तै दुर्घटनामा परी गम्भीर घाईते भएका ९ जना मध्ये ६ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??