spot_img
spot_img
spot_img

युगान्डाको एउटा विद्यालयमा आक्रमण हुँदा कम्तीमा २५ जनाको ज्यान गयो

spot_img

एजेन्सी ।

युगान्डाको एउटा विद्यालयमा विद्रोही समूहले गरेको आक्रमणमा परि कम्तीमा २५ जनाको ज्यान गएको छ। इस्लामिक स्टेट समूहसँग आबद्ध विद्रोहीहरूले मपोन्डेमा रहेको लुबिरिहा माविमा आक्रमण गर्दा कम्तीमा २५ जनाको ज्यान गएको र आठ जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ। विद्यालयमा आक्रमण गरेर विरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ भागेको समूहलाई प्रहरीले पछ्याइरहेका छन। गएराति भएको आक्रमणमा विद्रोही समूहले विद्यालयको छात्राबासमा आगो लगाउनुको साथै आसपासका पसलमा लुटपाट समेत गरेका छन। अझै थुप्रै विद्यार्थी हराइरहेकाले उनीहरु पनि मारिएका वा अपहरणमा परेका हुन सक्ने युगान्डाको सुरक्षा निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। त्यही क्षेत्रमा सन् १९९८ मा पनि विद्रोही समूहले एउटा विद्यालयमा आक्रमण गरी ८० जना विद्यार्थीलाई उनीहरुको छात्राबासमै जलाउनुको साथै एक सय जनाभन्दा बढी विद्यार्थीको अपहरण गरेका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img