काठमाण्डौ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले भोलि जिम्बाब्वेसँग खेल्ने भएको छ। नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेष्ट मान्यताप्राप्त देशसँग नेपाली समय अनुसार दिउँसो पौने १ बजे हरारे अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्ने भएको हो। सन् २०१८ मा एकदिवसीय मान्यता पाएपछि जिम्बाब्वेसँग नेपालले अहिलेसम्म एउटा मात्रै एकदिवसीय खेल खेलेकोमा १ सय ६ रनले पराजित भएको छ। नेपालले विश्वकप छनोटमा स्थान बनाउन आईसीसी विश्वकप लिग २ मा पछिल्ला १२ मध्ये ११ खेल जितेको थियो । नेपालले पछिल्ला १७ मध्ये १६ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पारेको छ । यस्तै, एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने पक्का पनि गरिसकेको छ । भोलिदेखि सुरु हुने विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् ।