काठमाडौं ।
कोशी प्रदेशमा शनिबार रातिदेखि भएको वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ भने २८ जना बेपत्ता भएका छन । यसैगरी ६ जना घाइतेको उद्धार गरिएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांक अनुसार खोलाले बगाएर भोजपुर र संखुवासभामा १र१ जना पुरुषको ज्यान गएको छ। पहिरोमा परी मृत्यु हुनेमा ५ जना रहेका छन् । यस्तै हालसम्म पहिरोले पुरेर बेपत्ता हुनेहरुमा पाँचथरमा ४, ताप्लेजुङमा ३ जना रहेका छन् भने खोलाले बगाएर बेपत्ता हुनेको संख्या २१ जना रहेको छ। जसमा संखुवासभामा १८ पुरुष र ३ जना महिला बेपत्ता भएको सो मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जम्मा १५ वटा पुल क्षतिग्रस्त भएका छन् भने १७ स्थानमा सडक अवरुद्ध बनेको छ । यस्तै ५ वटा हाइड्रोमा क्षति पुग्नुको साटै ५४ घर विस्थापित बनेको सो मन्त्रालयले जनाएको छ।