बुटवल ।
बुटवलमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धि निशुल्क स्वास्थ्य शिविर भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजना र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा सोमबार बुटवल ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा शिविर शुरु भएको हो। शिविरमा १४ बर्ष मुनिका सबै बालबालिकाहरुको निःशुल्क पोषण अबस्था परिक्षण पनि शुरु भएको छ। शिविरको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा घरदैलोमा सेवा पुर्याउने गरी शिविर सञ्चालन गरिएको र यसले निरन्तरता पाउने बताउनुएको छ। उहाँले महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारमा प्राथमिकता दिदै बुटवलका सबै वडावडामा शिविर सञ्चालन गर्ने बताउनुभयो ।
नगरप्रमुख पाण्डेयले बुटवलमा अहिले २ वटा १५र१५ बेडका अस्पताल निर्माणको क्रममा रहेको र आगामी आर्थिक वर्षदेखि सञ्चालनमा आउने बताउनुभएको छ । कार्यक्रममा वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजेन्द्र बस्याल, स्थानीय आनन्दमान शाक्यलगायतले बेलेका थिए। शिविरमा प्रसुति रोग विशेषज्ञ डा राजेन्द्र बस्याल, डा बालगोविन्द चौधरी, बालरोग विशेषज्ञ डा सुन्दर न्यौपाने, स्वास्थ्यकर्मीहरु ज्ञानु केसी, सुनिता चौधरी र शहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु परिचालन भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभएको छ । स्वास्थ्य परीक्षण शिविर सबै वडाहरुमा क्रमैसँग सञ्चालन हुने उहाँले बताउनुभयो ।