बझाङ ।
बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे ज्यान गएकाे छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव भट्टका अनुसार दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिंहकाे उपचारका क्रममा नेपालगञ्जकाे काेहलपुर मेडिकल कलेजमा ज्यान गएकाे हो । दुर्घटनामा मन्त्री सिंह, उहाँकी श्रीमती अमृतादेवि सिंह र भाउजु जयादेवि सिंहसहित तीन जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जाेशी र सुरक्षागार्ड दीपक भण्डारीकाे नेपालगञ्जमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।
मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेपछी उक्त घटना भएको हो।