काठमाण्डौ ।
आज विश्व सङ्गीत दिवस । पहिलोपटक सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाइएसंगै त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् । बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको देश नेपालमा मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरीदेखि बिनायोसम्म मौलिकता थप्ने बाजाहरू छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??