काठमाण्डौ ।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ। जिम्बावेको हरारेमा खेल दिउँसो पौने १ बजेदेखी सुरु हुनेछ। नेपालले पहिलो पटक दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन विजेता टोलीसँग खेल्न लागेको हो । समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान २र२ अंक भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन्।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




