गैडहवा ।
किशोर किशोरीहरुलाई लागु औषध दुर्ब्यसन देखि सुरक्षित गर्न गाउ गाउमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४, रुपन्देहीको सहयोगमा बिभिन्न संघ संस्थाहरुले कञ्चन र गैडहवाका बिभिन्न गाउहरुमा समूहगत भेला गराई अभिभावक र किशोर किशोरीहरुलाई लागु औषध बिरुद्धको सचेतनामुलक अभिमुखीकरण कार्यक्रम गरिएको हो। रुपन्देहीको गैडहवा गाउपालिका वडा नं। ८ मा रहेको सक्षम ग्रेजुएट फोरमको आयोजनामा आज शुक्रवार लागु पदार्थ दुर्ब्यसन बिरुद्ध अभिभावक तथा किशोर किशोरीका लागि सचेतनामुलक अभिमुखीकरण कार्यक्रम गरिएको छ। गैडहवा ८ मैनहिया स्थित दुर्गा मन्दिर टोलमा संञ्चालन गरिएको कार्यक्रममा लागु औषध दुर्ब्यसनीका सामाजिक, आिर्थक, मानसिक तथा शारिरीक रुपमा पार्ने प्रभाव तथा असरहरुका बारेमा जानकारी गराउदै दुर्ब्यसनीमा फसिसकेका तथा दुर्ब्यसनी उन्मुख भएका किशोर किशोरीहरुमा देखिने लक्षण र उनिहरुले देखाउने ब्यबहारका बारेमा अभिभावकहरुलाई जानकारी गराइएको थियो।
कञ्चन साथी सञ्जालका अध्यक्ष टीका थापा मगरले सहजिकरण गर्दै किशोर किशोरीहरु किन र कसरी लागु औषध दुर्ब्यसनीमा फस्न सक्छन दुर्ब्यसनीबाट जोगाउन आफ्ना छोराछोरीहरुलाई के के कुरामा ध्यान दिने भन्नेबारे पनि जानकारी गराइएको थियो। तिन दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत हिजो बिहिवार गैडहवा ९ को मनराखानीमा संघर्ष ग्रेजुएट फोरमको आयोजनामा कार्यक्रम गरिएको थियो। कार्यक्रमको आवस्यकता र औचित्यबारे जानकारी दिदै सक्षम ग्रेजुएट फोरमका सुस्मिता सुनारले समुदायमा बढ्दो लागु औषध दुर्ब्यसनीको न्युनिकरण तथा अन्त्यका लागि अभिभावक र किशोर किशोरीहरु बिचमै सामुहिक छलफल गरी समस्याको पहिचान गरी समाधानमा सबैको सहकार्य बढाउन सहयोग पुग्ने बताउनुभयो। फोरमका अध्यक्ष यशोदा सुनारको अध्यक्षता तथा सचिव ममता सुनारको संचालनमा सम्पन्न कार्यक्रममा देउराली दुर्गा मन्दिर टोल बिकास संस्थताका उपाध्यक्ष तथा सक्षम ग्रेजुएट फोरमका अभिभावक देवि सुनारको आतिथ्यता तथा सुनगाभा सामुदायिक बिकास केन्द्रका जि।एफ। एफ। सुशिला क्षेत्रीले कार्यक्रमको समन्वय गर्नु भएको थियो ।