प्युठान।
प्युठानको सरुमारानी गाउँपालिकाले खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा ज्यान गुमाउने एक परिवारलाई एक लाख रुपैयाँ राहत रकम प्रदान गर्ने भएको छ। यहि असारको पहिलो साता भान्सामा खानापकाउने ग्यासको पाइप चुहावट भई आगलागीमा परेकी सरुमारानी –६ भिङ्रीखोला निवासी लक्षमीदेवी घर्ती मगरको परिवारलाई गाउपालिकाले राहतस्वरुप एक लाख रुपियाँ रकम दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिनुभयो। उहाले मृतकका छोराछोरीको शिक्षादिक्षामा सहयोग पुगोस भनेर राहत प्रदान गर्न निर्णय गरिएको बताउनुभयो। प्रमुख प्रशासकिय अधिकृत देविराम पाठकका अनुसार आज बिहिबार बसेको कार्यपालिका वैठकले राहत रकम प्रदान गर्ने निर्णय गरेको हो।