काठमाडौं ।
नेकपा एकीकृत समाजवादीकी सांसद एवं कर्णाली प्रदेशसभा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा सांसद खड्कासहित नौ जना घाइते भएका छन् । गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । गाडी चौरजहारी बजारबाट कोटजहारी जाँदै गर्दा अनियन्त्रित भई सडकबाट तल खसेको थियो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??