spot_img
spot_img
spot_img

मणिपुरमा मन्त्रीको घर र भाजपाको कार्यालयमा आगजनी

spot_img

एजेन्सी।

मणिपुरमा आगजनीको ताजा घटनामा प्रदर्शनकारीहरूले शनिबार राज्य सरकारका मन्त्री एल सुसिन्द्रो मेइतीको निवासको एक निजी गोदाम र त्यहाँ पार्क गरिएका गाडीहरूमा आगजनी गरेका छन्। आक्रमण गर्न आएको भीडले मन्त्रीको घरमा प्रवेश गरी भवनमा आगजनी गर्ने प्रयास पनि गरेको थियो तर सुरक्षाकर्मी समयमै त्यहाँ पुगेर भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेका थिए । मणिपुर प्रदेश बीजेपीका एक वरिष्ठ नेताले नाम न छाप्ने सर्तमा आज बिहान मन्त्री सुसिन्द्रोको घरमा भीडले आक्रमण गरी दुईवटा गाडीमा आगजनी गरेको जानकारी दिए ।तर, समयमै सुरक्षाकर्मी पुगेपछि आगो निभाउनुका साथै स्थितिलाई नियन्त्रणमा लिइएको उनको भनाई थियो । त्यस्तै, आगजनीको अर्को घटना पूर्वी इम्फालको साजिवा जेल नजिकैको इसिराउ क्षेत्रबाट आएको छ, जहाँ प्रदर्शनकारीहरूले भाजपाको कार्यालयमा पनि आगजनी गरेका छन्। एक हप्ता अघि, भीडले केन्द्रीय विदेश राज्यमन्त्री आरके रञ्जनको घरमा पनि यस्तै आगजनी गरेको थियो।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img