spot_img
spot_img
spot_img

पाकिस्तानमा आईएमएफको ऋणका लागि करमा भारी वृद्धि गर्ने तयारी

spot_img

एजेन्सी ।

चरम आर्थिक संकटबाट गुज्रिएको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमफबाट ऋण पाउनका लागि कठोर कर नीति लागू गर्ने भएको छ । आईएमएफसँग ६ अर्ब डलर ऋणका लागि छलफल गरिरहेको पाकिस्तानले आईएमएफका शर्त अनुसार २ खर्ब १५ अर्ब रुपैयाँ उठाउने गरी करका दर बढाउने सहमति गरेको हो । आईएमएफका शर्तहरुबारे पाकिस्तानी संसद राष्ट्रिय सभामा तीन दिनसम्म भएको छलफलबाट करका दरमा वृद्धि गर्ने र आईएमएफका सवै शर्तहरु पूरा गर्ने सहमति गरिएको हो । करका दरमा गरिने भारी वृद्धिले गरीब र मध्यम वर्गमाथि ठूलो भार पर्ने विश्लेषण गरिएको छ । यस्तै, ८५ अर्ब रुपये बराबरको खर्च कटौतीका लागि पनि पाकिस्तान सहमत भएको छ । खर्च कटौतीबाट सरकारी वेतनधारी र पेन्सन प्राप्त गर्ने वर्ग भने प्रभावित नहुने दाबी गरिएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img