spot_img
spot_img
spot_img

गैडहवामा आगामी बर्षका लागि करिब ८२ करोडको बजेट विनियोजन

spot_img

१० असार, गैडहवा

रुपन्देहीको गैडहवा गाउपालिकाको आगामी बर्षका लागि करिब ८२ करोड बराबरको बजेट विनियोजन भएको छ। गाउपालिकाका उपाध्यक्ष माधुरी जैसवालले प्रस्तुत गर्नु भएको बार्षिक बजेटमा पालिकामा रहेको भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोबासीहरुका लागि जग्गाधनी पुर्जा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइएको छ।
यस्तै लुम्बिनीमा आउने पर्यटकहरुलाई गैडहवामा आउने वातावरण तयार गर्न रुपन्देहीकै सबैभन्दा ठूलो ताल गैडहवाताल र सूर्यपुरामा निमार्णाधिन रहेको यशोधरा पार्कको निर्माण कार्यलाई यथासक्य सम्पन्न गर्न समेत बजेटमा प्राथमिकतामा परेको छ। गैडहवाका किसानहरुले उत्पादन गरेको कृषिजन्य उत्पादनको बजारीकरण गर्न कृषि एम्बुलेन्स तथा भण्डारका लागि चिस्यान केन्द्र निर्माणलाई पनि बजेटमा समावेश गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी रुपमा संचालन गरी आय आर्जन गरी आय आर्जनमा जोड्न, दक्ष जनशक्तीलाई न्युनतम १०० दिनको रोजगारीको ब्यबस्था गर्न, प्राविधिक शिक्षा पढ्न चाहने बिधार्थीहरुलाई सिटिईभिटीसंगको सहकार्यमा पालिकाका २५ जना बिधार्थीहरुलाई ५० प्रतिशत छात्रबृतिको रुपमा उपलब्ध गराउन पनि बजेटमा ब्यबस्था गरिएको छ। अध्यक्ष सुरेन्द्र पौडेलले प्रस्तुत गर्नु भएको बार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष माधुरी जैसवालले प्रस्तुत गर्नु भएको बार्षिक बजेटको पुर्ण समर्थन सहित प्रस्तुत गरिएका योजना तथा बजेट र कार्यक्रमको कार्यान्वयनको सफलताको समेत शुभकामना ब्यक्त गर्नु भएको थियो।  कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष तथा प्रवक्ता सुरेन्द्र सिंह कुर्मी र वडा नं. ठ का वडा अध्यक्ष लाल बहादुर केवटले कार्यक्रममा कार्यपालिका सदस्य श्रीराम कलवार, वडा सदस्यहरु ज्ञानु बि.क., माहम्मद आलम, रामशंकर कोहार, तुल बहादुर बि.क., शान्ता ज्ञवाली, पुनम सुनार, डिल्लरिाम चौधरी र धर्मराज कोहारले सुझाव प्रस्तुत गर्नु भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img