देवदह ।
नेपाल जेसीज बर्ष २०२४ को राष्ट्रिय अध्यक्षका लागी देवदह जेसीजका सस्थापक अध्यक्ष बिजय गुरुङ्गले उम्मेद्वारी दिने भएका छन् । आइतबार सम्पन्न देवदह जेसीसको तेस्रो कार्यसमिति बैठकले देवदह शाखाका संस्थापक अध्यक्ष तथा नेपाल जेसीजका पुर्ब कार्यकारिणी उपाध्यक्ष सिनेटर गुरुङ्गलाई उम्मेदवारी दिने सर्बसहमतीबाट निर्णय गरेको हो । त्यसैगरी बैठकद्वारा बर्षायामको सुरुवात संगै आईपर्ने बाढी पहिरो तथा प्राकृतिक बिपत्तिमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय सरकार सङ्गको सहकार्यमा बिपद ब्यबस्थापन समिती गठन गरि प्रत्यक्ष रुपमा अग्रपंक्तिमा रहेर मानव सेवामा समर्पित रहने निर्णय समेत देवदह जेसिसले गरेको छ । देवदह जेसिज बर्ष २०२३ का अध्यक्ष जेसि दुर्गा दाहालको अध्यक्षता तथा महासचिव जेसि आनन्द पराजुलीको सन्चालनमा बैठक सम्पन्न भएको थियो ।