spot_img
spot_img
spot_img

होन्डुरसमा एकै रातमा २० जनाको मृत्यु भएपछी कर्फुयु आदेश जारी

spot_img

एजेन्सी ।

मध्य अमेरिकी मुलुक होन्डुरसमा जारी हिंसाका बीच एकै रातमा २० जनाको मृत्यु भएपछी देशमा कर्फुयु आदेश जारी गरिएको छ ।होन्डुरसका विभिन्न शहरमा हतियारधारी समुहले सर्वसाधारणमाथि गोली प्रहार गर्दा २० जनाको मृत्यु भएपछी राष्ट्रपति शियोमार कास्त्रोले देशभर कफ्र्यु आदेश जारी गर्नुभएको हो । चोलोमा शहरमा रहेको एक बिलियड्र्स हलमा भएको गोलाबारीमा १३ जनाकोे मृत्यु भएको हो भने अन्य शहरमा ७ जनाको ज्यान गएको हो । आक्रमणमा संलग्नहरुको पहिचान गर्नेका लागि पुरस्कार पनि घोषणा गरिएको छ । राष्ट्रपति कास्त्रोले हिसां नियन्त्रणका लागि विभिन्न शंकास्पद क्षेत्रहरुमा छापा मार्ने लगाएत नाकाबन्दीका लागि पनि सम्बान्धित निकायलाई निर्देशन दिनुभएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img