spot_img
spot_img
spot_img

मेयरको चुनावमा कुकुर पनि उम्मेदवार

spot_img

एजेन्सी।

क्यानडाको टोरन्टोमा हुन गइरहेको चुनावमा कुकुर पनि उम्मेदवार बनेको छ । मेयर पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा मोली नामको कुकुरको पनि उम्मेदवारी रहेको बीबीसी हिन्दीले जनाएको छ। मोलीका मालिक टप्सी हिप्सले सडकमा पोखिने नुनको विरुद्धमा कुकुरलाई मेयरको उम्मेदवार बनाएको बताएका छन। जाडोमा सडकको हिउँ पगाल्न प्रयोग गरिने ठूलो मात्राको नुनले कुकुरको खुट्टामा गम्भीर असर गर्ने र यसको बारेमा आवाज उठाउँदा सुनुवाइ नभएपछि कुकुरलाई नै मेयरको उम्मेदवार बनाएको टप्सीले बताएका छन। मोलीको तर्फबाट मालिक टप्सीले चुनाव जितेमा सस्तो आवाज, ठूला व्यवसायहरूमा कर वृद्धि, घर र कार्यालयहरू तताउनका लागि प्रयोग गरिने जिवाश्मा इन्धन प्रणालीमा प्रतिबन्धलगायतका प्रतिबद्धता जनाएका छन।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img