काठमाण्डौ ।
राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। डाक्टरहरूका अनुसार अहिले पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको हुदाँ अस्पतालबाट डिस्चार्ज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उपचारका लागि गएको असार २ गते त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका पौडेल आज बुधबार डिस्चार्ज हुनुभएको हो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??