spot_img
spot_img
spot_img

रुपन्देहीको देवदहमा स्काउट आधारभुत तालिम सुरु

spot_img

देवदह ।

रुपन्देहीको देवदहमा स्काउट आधारभुत तालिम सुरु भएको छ। स्थानीय स्काउट कार्यालय देवदहको आयोजना उक्त तालिम आज एक कार्यक्रमका विच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले यो कार्यक्रम संगै विद्यालयस्तरमा पनि स्काउट पुर्याउन सहयोग हुने बताउनुभयो। उहाले देवदहमा स्काउटलाई व्यवस्थित गरेर हरेक गतिविधिमा अगाडि बढाउने बताउदै देवदहका सबै विद्यालयमा स्काउट पुग्ने गरी कार्य गर्न समेत जोड दिनुभयो । उहाले स्काउटले सामाजिक रुपमा परिवर्तन गर्ने नेतृत्वदायी भुमिका सृजना गर्ने हुदा विद्यालय स्तरमा स्काउटको भुमिका अहम हुने बताउनुभयो। कार्यक्रममा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले स्काउटले मानिसलाई अनुशासित, नेतृत्व विकास र क्षमता अभिवृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो। साथै उहाले सहभागि शिक्षक शिक्षिकाहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा प्रयोग गर्दै विद्यालयमा स्काउट चलाउन आग्रह गर्नुभयो।

तालिममा नेपाल स्काउट प्रदेश अधिकृत तारा पुरी, कोर्ष लिडर दावा थापा, श्री महामाया भवानि मा.वि का ऋषिश्वर अर्याल, केरवानी मा।विका निर्मल ढुङ्गाना, देवदह रेडक्रसका सभापति कृष्ण न्यौपाने लगायतले आ(आफ्नो भनाई राख्नु भएको थियो। ६ दिन सम्म संचालन हुने उक्त तालिममा कोर्ष लिडरका रुपमा कोर्ष लिडर दावा थापा र काउन्सिलरहरु छबिलाल कडेल, बिक्की डुम्रे, पुकार ढकाल रहनुभएको छ। कार्यक्रम स्थानीय स्काउट देवदह नगरपालिकाको संयोजक विकास गहतराजको अध्यक्षता, नगर समिति सदस्य हरिकला बस्यालको स्वागत र स्काउट मास्टर यज्ञप्रसाद न्यौपानेको संचालनमा भएको थियो।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img