काठमाण्डौ ।
सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। आज बिहीबार दिउँसो सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पहिरो खसेपछि सडकमा गाडीको लामो लाइन लागेको रअहिले पहिरो पन्छाउने काम भइरहेको जनाईएको छ। आज बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा सडक खण्ड एक घण्टा बन्द भएको थियो। बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??