spot_img
spot_img
spot_img

रथ हाइटेन्सन तारमा ठोक्किँदा भारतको त्रिपुरामा दुई बालबालिकासहित ७ जनाको मृत्यु

spot_img

एजेन्सी ।

भारतको त्रिपुरास्थित उनाकोटी जिल्लामा बुधबार साँझ इस्कन मन्दिरबाट निकालिएको जगन्नाथ यात्राको रथ हाइटेन्सन तारमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना बालबालिका पनि रहेका छन् । रथयात्रामा १८ जना जलेका थिए । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । घाइतेशरुको अवस्था गम्भीर रहेको बताइएको हो । ७ जनाको मृत्यु पुष्टि भए पनि त्यहाँ मृत्यु हुनेको संख्या अझै बढ्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय प्रहरीका अनुसार उल्ता रथयात्रा पर्वका क्रममा कुमारघाटमा उक्त घटना भएको हो । फलामको रथलाई भक्तहरूले तानिरहेको बेला १३३ केभी ओभरहेड केबलसँग रथ ठोक्किएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img