रुपन्देही ।
आउँदो तीन दिन रुपन्देही, कपिलवस्तु र पाल्पाका नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै आज देशका अन्य १७ जिल्लाका नदी तथा खोलामा पनि बाढीको सम्भावना रहेको छ । रुपन्देही, कपिलवस्तु र पाल्पा आसपास भइ बहने केही साना नदीमा पानीको सतह बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिम र हेकाले सतर्कता अपनाउन महाशाखाले सूचना निकालेर आग्रह गरेको हो ।
मौसमशाखाका अनुसार मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ र आसपासका भइ बहने नदीमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन भनिएको छ ।