spot_img
spot_img
spot_img

यमनको हुथी विद्रोही समूहद्वारा पुनः युद्धको चेतावनी

spot_img

एजेन्सी ।

यमनको हुथी विद्रोही समूहले सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः युद्ध सुरु गर्ने चेतावनी दिएको छ। शान्ति वार्ताका क्रममा गठबन्धनले बेइमानी गरेको आरोपसहित यो समूहले यमनबाट गठबन्धन सेनालाई निष्कासित गर्न र नयाँ सैन्य कारबाहीका लागि सक्रिय तयारी गरिरहेको जनाएको छ। हुथी विद्रोही लडाकुका रक्षा प्रमुख मोहम्मद अल–अतिफीले युद्ध सुरु गर्ने चेतावनी दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

सन् २०१४ को अन्त्यतिर लडाइँ सुरु गरेको हुथी समूह र यमन सरकारबीच सन् २०२२ अप्रिल २ तारिखदेखि युद्धविराम गर्ने सहमति भएको थियो। त्यसपछि छिटपुट घटनाबाहेक यमनमा ठूला आक्रमणका घटना भएका थिएनन। यमनमा रहेको बारूदी सुरूङ सफाइ परियोजनाले जुन तेस्रो हप्तामा ८ सय ८० वटा बारूदी धराप निष्क्रिय पारेको छ। वर्षौँदेखि चलेको युद्धमा बारूदी धराप र साना विष्फोटक पदार्थ बिछ्याएका छन्, त्यसबाट जोखिम निम्तिएको छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img