तिलोत्तमा ।
राष्ट्रिय धान दिवसको अवसर पारेर दारी ग्याङ रुपन्देहीले रोपाई जात्रा कार्यक्रम सम्पन्न गरेको छ । धान दिवसको अवसरमा तिलोत्तमा ४, शितलकुञ्ज मा स्थानीय जिवन विश्वकर्मा को खेतमा रोपाई गरेर मनाएको हो ।असार १५ को दिन किसानहरुले धान दिवस तथा दही चिउरा खाने दिनेको रुपमा मनाउदै आएको छन । मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा रहेको यो दिन किसानको लागि महत्त्वपूर्ण दिन हो। दारी ग्याङ रुपन्देही को आयोजनामा रोपाइ जात्रा संगै हिलोमा खेलिने विविध खेल र खेत रोप्ने कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अध्यक्ष भरत पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम दारी ग्याङ रुपन्देही सदस्य जिवन विश्वकर्माको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्थानीय हरुको समेत उपस्थिति रहेको थियो ।