काठमाडौं ।
नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सोमबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो। जितका लागि नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१।३ ओभरमा ८७ रनमा अलआउट भयो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। पाधिको लागि नेपालले मंगलबार हुने फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । सोमबार भएको अर्को सेमिफाइनलमा घरेलु टोली मलेसियाले हङकङलाई ७८ रनले पराजित गरेको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??