काठमाडौं ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोमा परी एक जना घाइते भएका छन् । बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका–१ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा १० वर्षका धनबहादुर रास्कोटी, १२ वर्षका खुमबहादुर रास्कोटी र ११ वर्षकी मञ्जु रास्कोटीको मृत्यु भएको पाणिनी गाउँपालिकाकाले जानकारी गराएको छ। पाणिनी गाउँपालिकाका अनुसार सुतिरहेका बेला उनीहरु पहिरोमा परेका हुन् । घरका अन्य सदस्य भने उठेर गोठको काम गर्न थालेकाले जोगिएका थिए। ज्यान गुमाएका बालबालिका दाजुभाइका छोराछोरी रहेका छन् । पहिरोमा पुरिएका अर्का १४ वर्षका बालक सचिन रास्कोटी घाइते भएका छन् । उनको उपचार भईरहेको छ।