एजेन्सी ।
लगातार दुई दिन आक्रमण गरेपछि इजरायली सेना वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट फिर्ता हुन थालेका छन् । इजरायली सेनाले कब्जा गरेको जेनिन शिविरबाट सेना फिर्ता हुन थालेपछि आक्रमण रोकिएको छ । इजरायली सेनाले वेस्ट बैंक क्षेत्रमा रहेको प्यालेस्टिनी जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादविरुद्धको लडाइँ तत्कालका लागि रोकेको र सेना फिर्ता भएको बताउनुभएको बीबीसीले जनाएको छ। तर, उहाँले फेरी पनि आवश्यक परेमा आक्रमण हुन सक्ने चेतावनी दिनुभएको छ ।
दुई सम्म जेनिन सहरमा भएको आक्रमणमा कम्तिमा १२ जना प्यालेस्टाइनी र एक जना इजरायली सेनाको ज्यान गएको छ। आक्रमणबाट सय जनाभन्दा धेरै घाइते भएका प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् । यो शिविर आतंककारीको बलियो गढ भएको इजरायलको दाबी छ । जेनिन शरणार्थी शिविरमा १४ हजार जना बस्दै आएका छन् । वेस्ट बैंक इजरायल नियन्त्रित क्षेत्र हो । इजरायलले वेस्ट बैंकमा गरेको आक्रमणको जोर्डन, इजिप्ट र कतारलगायतका देशले विरोध गरेका छन् ।