एजेन्सी ।
पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च भएको छ । गएको सोमवार अर्थात् जुलाई ३ तारिखका दिन विश्वको तापक्रम अहिलेसम्मकै उच्च भएको अमेरिकी वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गएको सोमवार पृथ्वीको तापक्रम १७ दशमलव शून्य एक डिग्री सेल्सियस पुगेको खबरमा उल्लेख छ । वैज्ञानिकहरूले तापक्रमको नयाँ कीर्तिमान १९औँ शताब्दीको अन्त्यसम्मको कुनै पनि उपकरणमा अभिलेख गरिएको सबैभन्दा उच्च रहेको बताएका छन। यूएस नेशनल सेन्टर्स फर इन्भाइरोमेन्टल प्रेडिक्शनका वैज्ञानिकहरूले यसअघि २०१६ मा रेकर्ड भएको १६ दशमलव ९२ डिग्री सेल्सियससहित विगतमा कायम सबै कीर्तिमान अहिले तोडिएको बताएका छन् ।
चीन, उत्तर अफ्रिका र दक्षिण अमेरिका भर्खरै चलेको गर्मीको लहरबाट प्रभावित भएका छन् । अनुसन्धाताहरूले मानवजातिले निरन्तर गरिरहेको कार्बन डाइअक्साइड उत्सर्जनको संयोजनले तातो बढाएको बताएका छन् । यस वर्षको शुरुवातदेखि नै अनुसन्धानकर्ताहरू जमिन र समुद्रमा बढ्दो तापक्रमलाई लिएर चिन्तित छन् । पृथ्वीका केही भागमा अहिलेसम्म नदेखिएका मौसमी गतिविधि देखिएको पनि अनुसन्धानकर्ताले बताएका छन् ।