spot_img
spot_img
spot_img

साढे चार वर्षको एउटा गाई विश्वकै सर्वाधिक महँगो !

spot_img

एजेन्सी ।

साढे चार वर्षको एउटा गाई विश्वकै सर्वाधिक महँगो गाई बनेको छ । नरोल जातको भियाटिना–१९ एफआईभी मारा इमोभेइस नामको उक्त गाईको मूल्य ४।३ मिलियन डलर ५६ करोड रुपैयाँ बढी तोकिएको छ । गाईको एक तिहाइ स्वामित्व हालै ब्राजिलको अरान्डुमा भएको लिलामीमा १।४४ मिलियन डलरमा बेचिएको छ । यो गाईलाई गत वर्ष नै संसारको सबैभन्दा महँगो गाईको नाम दिइएको थियो। त्यति बेला यसको आधा स्वामित्व लगभग ८ लाख डलरमा लिलामी गरिएको थियो। त्यस बेला पनि यो ऐतिहासिक मूल्य नै थियो । यो रेकर्ड ब्रेक गर्ने कारोबारले नरोल जातको गाईबस्तुको उच्च मागको सङ्केत गर्दछ।

नरोल जातको गाई भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लाको नामबाट नामकरण गरिएको हो । यसको निकै उत्कृष्ट मेटाबोलिजम हुन्छ। निकै कम खानामा पनि यो बाँच्न सक्छ । यसको छाला असाध्यै बलियो र बाक्लो हुने भएकोले सङ्क्रमणबाट पनि सजिलै जोगिन सक्छ । यसको छालामा किराहरूले टोक्न सक्दैनन् । यसको प्रजनन पनि निकै सजिलै हुन्छ । यो जातको गाईको शारीरिक बनावट प्रजननको हिसाबले निकै राम्रो छ । यसको बाछो हुर्काउन मानिसको खासै सहयोग चाहिँदैन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img