काठमाडौं ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । अदालतबाट पक्राउ पुर्जी जारी हुनेहरुमातत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेश अधिकारी र नारायणगोपाल मलेगो रहेका छन । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा उनीहरुको संलग्नता देखिएकाले पक्राउ पूर्जी जारी गराएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
उनीहरु पक्राउ भने परेका छैनन् ।पूर्व सचिव र सहसचिवहरुलाई प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, भौतिक पूर्वाधार, भूमिसुधार मन्त्रालयलगायतका मन्त्रालयमा रहँदा सरकारी जग्गा ब्यक्तिको नाममा लैजान सहयोग गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । सो प्रकरणमा तत्कालिन १७ जना पूर्वसहसचिवविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।