spot_img
spot_img
spot_img

देवदहको स्मृति सामुदायिक वनमा वृक्षारोपण

spot_img

देवदह ।  रुपन्देहीको देवदहमा रहेको स्मृति सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । स्मृति सामुदायिक वनको देवदह -७ मा रहेको खालि जग्गामा वृक्षारोपण गरिएको हो। 

करिब डेढ हेक्टर क्षेत्रफल रहेको सामुदायिक वनको जग्गामा टिक, कपुर, तेजपत्ता गरि करिब ४ सय ५० बढी विरुवा रोपिएको स्मृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भरत कुमार गुरुङले बताए। 

देवदह सव-डिभिजन वन कार्यालय शितलनगरका प्रमुख दिपिका पाण्डेले वृक्षारोपण गरिएका विरुवालाई हुर्काउन चुनौती रहेको बताए । वर्षेनी वृक्षारोपण गरिएका विरुवा मध्ये २० प्रतिशत विरुवा बचाउन सकियो वृक्षारोपण सफल भएको मान सकिने सहायक बन अधिकृत पाण्डेको भनाई थियो। 

समूहका अध्यक्ष भरत कुमार गुरुङको अध्यक्षता, देवदह सव-डिभिजन वन कार्यालय शितलनगरका प्रमुख सहायक बन अधिकृत दिपिका पाण्डेको प्रमुख आतिथ्यता र संस्थाका सह- सचिव मिना पाण्डेको संचालनमा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा समूहका सल्लाहकार प्रेम प्रसाद काफ्ले, समूहका पदाधिकारी, कर्मचारी र उपभोक्ताको सहभागिता रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img