spot_img
spot_img
spot_img

त्रिभुवन विमानस्थलबाट सुन तस्करीको आरोपमा एक चिनियाँ नागरिक पक्राउ

spot_img

काठमाण्डौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक सय किलो सुन बरामद भएको घटनामा संलग्न भएको आशङ्कामा एक जना चिनियाँ नागरिक समेत पक्राउ परेका छन् । बिहीबार (आज) नेपालबाट चीन जान लागेका ३६ वर्षीय जेक्यूयाङ लिनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको हो । सात महिनाअघि नेपाल आएका लिनले यहाँ बसेर अवैध तरिकाले सुन आयात गरेर कारोबार गर्दै आएको खुलेको प्रहरीको दाबी छ । विमानस्थलबाट पक्राउ परेका लिनलाई थप अनुसन्धानका लागि अध्यागमन विभागले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।

हिजो बुधवार चीनबाट आयात भएका स्कुटरका ुब्रेक शुु मा लुकाएर ल्याएको झन्डै एक सय किलो सुन विमानस्थल भन्सारबाट बाहिरिएको थियो । सुन बाहिरिनेबित्तिकै राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । यस घटनामा भन्सार एजेन्टसहित छ जना हिजो नै पक्राउ परिसकेका छन् । भन्सार विभागले विना जाँच झन्डै एक सय केजी सुन बाहिरिएको प्रकरणको छानबिनका लागि समिति गठन गरिसकेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img