spot_img
spot_img
spot_img

सिंगापुरको राहदानी विश्वमै सबैभन्दा शक्तिशाली

spot_img

एजेन्सी ।

जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ । राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो । सिंगापुरका नागरिक बिना भिसा १ सय ९२ देशमा जान सक्दछन् । दोस्रो स्थानमा जर्मनी, इटली र स्पेन रहेका छन् । पछिल्लो पाँच वर्षमा लगातार पहिलो स्थानमा रहँदै आएको जापान भने तेस्रोमा झरेको छ ।

तेस्रो स्थानमा जापानसँगै अष्ट्रिया, फिनल्याण्ड, फ्रान्स, लक्जम्बर्ग, दक्षिण कोरिया र स्वीडेन पनि परेका छन् । भारत पासपोर्टको बरियतामा ८०औं स्थानमा परेको छ । नेपाल भने ९८औं स्थानमा झरेको छ । नेपालसँगै प्यालेस्टाइन पनि रहेको छ । नेपालीहरु भिसा नलगाई ३८ वटा देशमा मात्रै जान पाउँने छन् । उत्तरकोरिया नेपालभन्दा एक स्थान माथि रहेको छ । दक्षिण एशियामा पाकिस्तानी सबैभन्दा तल अर्थात एक सयौं स्थानमा परको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img