एजेन्सी ।
न्युजिल्याण्डमा जारी महिला विश्वकपमा जापानले उत्कृष्ट सुरुवात गरेको छ । यस प्रतियोगितामा डेब्यू गरिरहेको जाम्बियालाई जापानले ५–० गोलले हराएको हो। जापानको जीतमा हिनाता मियाजावाले दुई गोल गरिन् भने मिना टानाकाले एक–एक गोल गरिन् । खेलको अन्त्यतिर जाम्बियाकी गोलकिपर क्याथरिन मोसुन्डाले रातो कार्ड पाएकी थिइन् । त्यसमा जापानले पाएको पेनाल्टीमा रिको उइकीले गोल गरेकी थिइन् । जीतसँगै जापान समूह सीको शीर्ष स्थानमा उक्लिएको छ । स्पेनसँग अङ्क बराबर भए पनि जापानको गोलअन्तर बढी रहेको छ । यसअघि स्पेनले कोस्टारिकालाई हराएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??