जगिलाल थापा, कञ्चन ।
हुन सक्छ, म कुनै पार्टीको सदस्य हुँला, आवस्यकता अनुसार उम्मेदवारी दिएको हुँला, तर म आस्थाको पत्रकारिता गर्छु। । म कृयाशिल पत्रकारको रुपमा कार्य गरिरहन्छु र गर्दै पनि आएको छु। महासंघलाई विशुद्द पत्रकारहरुको संगठन बनाउने हो, भने म जस्तै कुनै पनि पार्टीको कुनै पनि तहमा रहेकाहरुलाई महासंघको सदस्यता दिइनुहुदैन ।तर कसैलाई फलना पार्टीको मान्छे हो, उम्मेदवार हो भनेर सदस्यता नदिने अनि कसैलाई शासक दल सम्बद्ध पार्टीको समर्थक भएपछि पार्टीको कुनैपनि तहमा भएपनि जवरजस्ती सदस्यता दिइन्छ भने त्यो शासकदल भित्र भएको अहमकारिता हो । त्यो कुनै पत्रकारिता होइन। शासक दलका मान्छे भएपछि फोटो खिचेर सामाजिक सञ्जालमा फलना ठाउमा फलाना कार्यक्रममा फलनासंग लिइएका तस्विर भन्दै पोष्ट गर्ने पनि पत्रकारमा गनिने अरु त पार्टीको नेता र कार्यकर्ता हुनेरु यस्तो पनि कहि न्यायोचित हुन्छ।
हुन त हामी आस्थाको पत्रकारिता गर्ने मान्छे। नियमित रुपमा जनआवाजलाई साथ दिएर कलम चलाउने पत्रकार, कृयाशिल भएर पत्रकारिता गर्ने म जस्ताहरुलाई महासंघको सदस्य हुनै पर्छ भन्ने त छैन तैपनि श्रमजिवी पत्रकारहरुको साझा संगठन भित्र रहन पाइयो भने अझ ब्यबस्थित रुपमा पत्रकारितालाई ब्यबसायिकता बनाउदै लैजान सहज हुन्छ भन्ने बिश्वास हो । तर कसैलाई फलना पार्टीको मान्छे हो भनेर सदस्यता नदिने, कसैलाई फलना बाहेक अरु जुनसुकै पार्टीको मान्छे भएपनि उसले समाचार लेख्छ लेख्दैन भन्नेसंग कुनै सरोकार नै नगरी जवरजस्त सदस्यता दिइनु पर्छ भन्नु खास कारण त शासक दलका पत्रकाहरुले जे गरेपनि हुन्छ भन्ने मानसकिताबाट हुर्काइएकै परिणाम होला ।
कमसे कम असल पत्रकारहरुले त आफ आवद्ध संघको सदस्य बनाउनु भन्दा अगाडी खास पत्रकार को हो? कसले कति कृयाशिलता देखाएको छ? श्रमजिवी पत्रकारितामा कसले बिश्वास गरेर कलम चलाइरहेको छरु कसले पत्रकारको नाम भजाएर अमुक मान्छेको लगौती छोपेको छरु कसले चाकडी गरेको छ? कसले कति समाचार लेखेको छ वा चाकडीका फोटोहरु आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेको छ भन्ने कुराको पनि अध्ययन र अनुगमन गर्छन होला भन्ने बिश्वास छ । समाचार नलेख्ने तर पत्रकारको नाममा भत्ताको बार्गेनिङ्ग गर्ने, म यति वटा कार्यक्रममा आएको छु मलाई यति भत्ता हुनुपर्छ अन्यथा‘भन्दै पत्रकारको नाममा स्थानीय तहका कर्मचारीहरुलाई थर्काउने, पत्रकार भनेर कार्यक्रममा जाने पछाडीका दर्शकले के भन्छन कुनै मतलव नराखी वक्ताको अनुहारै छेक्नेगरी भिडियो बनाएर चाकडी गर्ने तर समाचार नलेख्नेहरुलाई पत्रकार भनेर सदस्यताका लागि सिफारिस गर्नेहरुले पनि यति बुझेकै हुनुपर्छ कि महासंघमा गैर पत्रकाहरुलाई प्रवेश गराइएको छ र महासंघको आगामी चुनवमा भोट संकलन मात्र गरिहेका छौं । महासंघको सदस्य बन्न कि शासक दल सम्बद्ध पत्रकारहरुको संगठनको सदस्य बन्नै पर्ने हो ? को-को लाई सदस्यता दिइन्छ अवस्य पनि सार्वजनिक होला नि है । अरु ठाउंकालाई त चिन्दिनँ मैले मेरो ठाउको लाई त सबैलाई राम्ररी चिन्दछु ।
लेखक कञ्चन खबर डट कमका प्रकाशक, प्रधान सम्पादक हुन् ।