काठमाडौं ।
करिब एक सय किलो सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र तीन जना भन्सार एजेन्ट रहेका छन । भन्सार अधिकृत सन्तोष चन्द, जाँचकीकुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका हुन। यस्तै, भन्सार एजेन्टमा सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पक्राउ परेका छन् । उनीहरूसँगै अहिलेसम्म उक्त एक सय किलो सुन तस्करी १६ जना पक्राउ परेका छन् । गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर हङकङबाट ट्याक्सीमा ल्याईएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।