काठमाडौं।
नेपालमा डेंगी संक्रमित बिरामीको दिन प्रतिदिन बढ्दै गएको छ । ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको आँकडाअनुसार देशभर डेंगी बिरामीको संख्या ३ हजार भन्दा बढी रहेको देखाएको छ । महाशाखाले दुई साताअघि पत्रकार सम्मेलनमार्फत ११ सय ९२ जना डेंगीको बिरामी पुष्टि भएको जनाएको थियो । तर, गएको दुई साताको अवधिमा डेंगी संक्रमित बिरामीको संख्या थपिएर ३ हजार नाघेको हो। सबैभन्दा बढी डेंगीका बिरामी सुनसरी जिल्लामा पुष्टि भएको महाशाखाले जनाएको छ । सुनसरीमा १५ सय ७१ जना, धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, संखुवासभामा ५८, काठमाडौँमा ४६, कञ्चनपुरमा ३९ भक्तपुरमा ३५, म्याग्दीमा ३२, र झापामा ३२ जना डेंगीका बिरामी रहेका छन् । नेपालमा अझै संक्रमित बढ्ने विज्ञहरूको भनाई छ।