एजेन्सी ।
इन्डोनेसियाको सुलावेसी टापुको तटीय क्षेत्रमा डुंगा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ। गाउँलेहरू स्थानीय उत्सव मनाउन गइरहेका बेला अनियन्त्रित भएर डुंगा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन। दुर्घटनमा कयौंको घाइते अवस्थामा उद्दार गरिएका छ भने १९ जना अझै हराइरहेको बताइएको छ। डुंगा मुना टापुको ‘सेन्ट्रल बुटन’ रिजेन्सीको लान्टो र लगिली गाउँको बीचमा रहेको खाडी पार गरिरहेको बेला डुबेको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??