spot_img
spot_img
spot_img

भारतीय सांसद चड्ढालाई संसद परिसरमै कागले आक्रमण गरेपछि…….

spot_img

एजेन्सी ।

भारतीय सांसद राघव चड्ढालाई बुधबार संसद परिसरमै एउटा कागले आक्रमण गरेको छ । उनलाई कागले आक्रमण गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । आम आदमी पार्टीका सांसद चड्ढा संसद परिसरमै फोनमा कुराकानी गर्दै हिँडिरहेको समयमा कागले अचानक हमला गरेको थियो । सामाजिक सञ्जालमा उक्त तस्वीर देखेर कतिपयले उनको अवस्थाबारे चासो राखेका छन् । सत्तारुढ दल भारतीय जनता पार्टीको दिल्ली इकाईले आफ्नो ट्वीटर ह्यान्डलमा राघव चड्ढाको तस्वीर शेयर गर्दै लेखेको छ– झुट बोले कौवा काटे । उल्लेखनीय छ, सांसद चड्ढा भारतीय जनता पार्टीका सम्बन्धमा पछिल्लो समय आक्रामक देखिएका छन् । सोमबार आम आदमी पार्टीका सांसद संजय सिंहलाई मनसुन सत्रभरिका लागि निलम्बित गरिएपछि सांसद चड्ढाले प्रश्न उठाएका थिए ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img