spot_img
spot_img
spot_img

डेंगु तथा सर्पदंश सम्बन्धि सचेतनामुलक तथा झुल बितरण कार्यक्रम सम्पन्न

spot_img

भैरहवा ।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही र मर्चवारी गाउंपालिकाको सहकार्यमा डगु तथा सर्पदंश सम्बन्धी सचेतनामुलक कार्यक्रम सहित झुल बितरण कार्यक्रम मर्चवारीमा मंगलवार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश अध्यक्ष सन्ध्या जोशीले बर्षायाममा लामखुट्टको टोकाईबाट डेंगु र सर्पदंशका कारण मानसिको मृत्यु समेत हुने भएकोले घरमा वा घर बाहिर जुनसुकै बेला पनि सर्तकता अपनाउन कार्यक्रममा सहभागी स्थानीयलाई आग्रह गर्नुभयो। लामखुट्टेको टोकाईबाट बच्न स्थानीयहरुलाई झुल बितरण गर्दै प्रमुख अतिथि जोशीले घर वरपरी जम्मा हुने पानी, ढल तथा नालीहरुमा लामखुट्टेको बासस्थान हुने भएकोले ती स्थानहरु नियमित रुपमा सफा राख्नु पर्ने जोड  दिनुभयो। यसैगरी म्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले बर्षाको समय बाढी पहिरो, महामारी रोग फैलिने सम्भावना भएकोले पनि घर वरीपरी सधै सफा राखी वातावरण्ण समेत स्वच्छ बनाउनु पर्ने जोड दिनुभयो।

डेंगु तथा सर्पदंशको सम्भावना पनि सरसफाइको कमीका कारण हुने भएकाले घर वरीपरीको सफाईलाई हरेक ब्यक्तिहरुले प्राथमिकता दिनु पर्ने बिशिष्ट अतिथि तथा प्रहरी नायव महानिरीक्षक जोशीले जोड दिनु भयो। कार्यक्रममा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिपक कुमार बस्नेत, मर्चवारी गाउंपालिका उपाध्यक्ष श्रीमती आशा सिंह, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाई, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.क. लगायत स्थानीय जनप्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, पत्रकारहरु, श्रीमती संघका पदाधिकारीहरु लगायत स्थानीय बासिन्दाहरु सहभागित रहेको थियो। कार्यक्रममा रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका डा. विष्णु विश्वकर्माद्धारा डेंगु तथा सर्पदंशको टोकाईबाट बच्ने प्राथमिक उपचार सम्बन्धि सचेतनामुलक प्रशिक्षण दिनुको साथै नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश अध्यक्ष सन्ध्या जोशी तथा पदाधिकारीहरुद्धारा ७५ जना स्थानीय बिपन्न नागरिकहरुलाई झुल बितरण गरिएको थियो । रुपन्देही मर्चवारी गाउंपालिका वडा नं. ०२ रायपुर स्थित रायपुर प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा मर्चवारी गाउंपालिकाका अध्यक्ष श्री गया प्रसाद बरईको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img