काठमाण्डौ ।
राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित गरिएको छ । आज बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले सभाका सचिव डा. सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मत पारित भएको हो । सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधि सभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो । राष्ट्रिय सभाबाट संशोधन स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि बाटो खुलेको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन १८ गते बिहीवार १ बजे बस्नेगरी स्थगित भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??