काठमाडौं ।
आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेपछि आज सोमबार १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर मंगलबार १ बजे बस्नेगरी स्थगित गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने एमालेको माग छ ।