काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। काँग्रेसका कोशी प्रदेश सभापति समेत रहेका उद्धव थापा कोशी प्रदेशका छैटौँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
यसअघि सभामुख बाबुराम गौतमले हस्ताक्षर बुझाएर बहुमत दाबी गरेका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको थियो। गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आज नै पदबाट राजीनामा दिएका थिए।
सत्ता गठबन्धन दलको तर्फका ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर पुगेपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(२) अन्तरगत मुख्यमन्त्रीमा प्रदेश प्रमुखले नियुक्त गरेका हुन्। कोशी प्रदेशमा गठबन्धनमा रहेका दलहरू कांग्रेसका २९, माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सदस्य रहेका छन्।