रुपन्देही ।
नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको २७ औं सम्मेलन सम्पन्न भएको छ। बिहिवार सम्पन्न २७ औं सम्मेलनबाट कृष्ण पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ। जसको उपाध्यक्षमा जी।डी सिखर, किरण रासकोटी र ससाङ्क बस्याल, सचिवमा कुशल तिवारी, सह सचिवमा मधु सुधन खनाल, सुनिता कार्की, अर्जुन अधिकारी र कोषाध्यक्षमा सुनिल सार्की चयन भएका छन्। कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा विद्यार्थी ईन्चार्ज किशोर बिक्रम मल्ल, अनेरास्ववियु स्थाई कमिटी सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज लेखनाथ खनाल, केन्द्रिय कमिटी सदस्य साजन भण्डारी, केन्द्रिय कमिटी सदस्य सिमा घिमिरे, रुपन्देही जिल्ला कमिटी संयोजक रमेश ढकाल, बुटवल बहुमुखी क्याम्पस कमिटी पुर्व अध्यक्ष भरत अर्याल, बुटवल बहुमुखी क्याम्पस स्ववियु सभापति दुर्गा बहादुर एम सी लगातले आ(आफ्नो भनाई राख्नु भएको थियो। कार्यक्रममा विभिन्न संकाएका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।कार्यक्रम अनेरास्ववियु बुटवल बहुमुखी क्यामपस कमिटी अध्यक्ष गोबिन्द रिजालको अध्यक्षता, क्याम्पस कमिटी उपाध्यक्ष स्वागत प्रेम बस्यालले स्वागत र सचिव कृष्ण पाण्डेको संचालनमा भएको थियो।